परिचय

 नेपाल सरकार मन्त्रीपरिषद्बाट मिति २०७१/१०/२९  मा भक्तपुर जिल्लाको गुण्डु, सिपाडोल तथा कटुन्जे गा.वि.स. अन्तर्गत रहेको सामुदायिक वनहरुमध्ये सूर्यविनायक सामुदायिक वन (४६.२५५ हेक्टर), सेतीदेवी सामुदायिक वन (४४.५०४ हेक्टर), मन्थली सामुदायिक वन (६४.८७४ हेक्टर), बालकुमारी सामुदायिक वन (१४.६७७ हेक्टर), लिखानारायण सामुदायिक वन (४०.०१४ हेक्टर), संजिवनी सामुदायिक वन (१५.०२१ हेक्टर), तथा सरकारद्धारा व्यवस्थित वन क्षेत्रको (४०.५०४ हेक्टर) समेत गरी २४५.१६५ हेक्टर वन क्षेत्रमा राष्ट्रिय प्राणी उद्यान स्थापना गर्ने निर्णय भयो, सर्वसाधारणको जानकारीको लागि नेपाल सरकारद्धारा प्रकाशित खण्ड ६४) काठमाडौ, चैत्र १६ गते,२०७१ साल (संख्या ४४ को नेपाल राजपत्रमा सूचना भयो सोवन क्षेत्रलाई राष्ट्रिय प्राणी उद्यान स्थापना गर्नको लागि औपचारिकरुपमा स्थापना कार्य सुचारु गर्ने उद्वेश्यले मिति २०७३ आषाढ ९ गते बिहीवारको दिन ईलाका वन कार्यालय सूर्यविनायक भक्तपुरको प्राङ्गणमा राष्ट्रिय प्राणी उद्यान शिलान्यास कार्य वन तथा भू–संरक्षण मन्त्री अग्निप्रसाद सापकोटाज्यूको सभापतित्वको शिलान्यास समारोहमा सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीज्यूबाट शिलान्यास कार्य सु–सम्पन्न भयो ।